Monday, 10 July 2017

अभाबै अभाब

अभाबै अभाबको मेरो जिन्दगी
तनाबै  तनाबको मेरो जिन्दगी।

बाहिर अर्कै छु र भित्र अर्कै छु
नकाबै नकाबको मेरो जिन्दगी।

सुखमा पिउँछु,  दु:खमा पिउँछु
सराबै सराबको मेरो जिन्दगी।

धम्की आइरहन्छ सधैं कालको
दबाबै  दबाबको मेरो जिन्दगी।

मन मुटु मेरो  केही  सद्धे  छैन
खराबै खराबको मेरो जिन्दगी।

महाजनको  जस्तो  हुँदै भएन
कबाबै कबाबको मेरो जिन्दगी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...