Friday, 21 July 2017

खुकुरी

गोर्खालीको सन्तान हौं,हामी बहादुरी
होसियार दुश्मन हो,देखिस् खुकुरी?

जबर्जस्ती नेपालको सिमाना मिचेर
काल खोज्न नआउ है कहिल्यै बिर्सेर
दुई कौडीको बन्दुक बोकी चुरीफुरी
होसियार दुश्मन हो,देखिस् खुकुरी?

अन्याय र अत्याचार सहन सक्दैनौं
बैरी आइ लाग्यो भने हामी छोड्ने छैनौं
बुझिराख नेपालीले छेक्छ आँधीहुरी
होसियार दुश्मन हो,देखिस् खुकुरी?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...