Wednesday, 12 July 2017

भुकम्पले भत्काएको

भुकम्पले भत्काएको,घर जस्तो मेरो मन
आगो सल्किएको सुख्खा,खर जस्तो मेरो मन।

आगो बल्नै छोड्यो मेरो पिरतीको अगेनामा
मुस्कुराउन सकिएन कुनै पनि बहानामा
पिपलु बिनाको बूढो, वर जस्तो मेरो मन
आगो सल्किएको सुख्खा,खर जस्तो मेरो मन।

टुक्रिएको काँच सरी टुक्रा भयो आज माया
जिउँदै भो लास सरी,टाढा भयो आफ्नै छायाँ
आफैं बाट धेरै पर, पर जस्तो मेरो मन
आगो सल्किएको सुख्खा,खर जस्तो मेरो मन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...