Saturday, 15 July 2017

तीन शेर

भनाइ अनि गराइमा धेरै फरक हुनेरैछ
माया गर्नु,मनपराइमा धेरै फरक हुनेरैछ

पाउन लाई हम्मेहम्मे ,गुमाउन सजिलो
पाउनु अनि हराइमा धेरै फरक हुनेरैछ।

म शित्तल दिन खोज्छु,उनी पोल्न खोज्छे
हिमाल अनि तराइमा धेरै फरक हुनेरैछ।


No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...