Wednesday, 12 July 2017

चुले निम्तो

म बूढो मान्छे लाई
त्यो बूढो काठमाडौं शहर
खुब मन परेको छ
किन कि
हाम्रो कथा
हाम्रो ब्यथा
ठ्याक्कै उस्तै लाग्छन्।

कसरी? भनेर सोध्नुपर्दैन
नियालेर हेर्नुस् त!
बोझै बोझले थिचिएको-म!
घरै घरले थिचिएको राजधानी!

रौं झरेर
तक्ले छ मेरो तालु
कालोपत्रे झरेर
तक्ले छ सडक।

मेरो दाँत झरेर
मुखमा खाल्डाखुल्डी छन्
त्यस्तै खाल्डाखुल्डी छन्
काठमाडौंका सडक।

धुम्रपान गर्छु
धुवाँमय छ मेरो जीवन
जसरी यो शहर
धुलाम्य छ-हिउँदमा
दमले ग्रस्त हामी।

म निरीह छु
जीर्ण छु
कालको मुखैमा छु
यहाँको भौतिक संरचना जस्तै,
बेला-बेला पखाला चल्छ मलाई
यहाँका सडकलाई लागे झैं
बर्षायाममा।

हाम्रा करीब सबै मिल्छन्
नमिल्ने कुरा बिरलै छन्
त्यसैले उद्घोष गर्न चाहन्छु
हामी मीत लाउँदैछौं
भोजमा पाल्नुहोला
चुले निम्तो छ-सबैलाई!!!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...