बिराएर होकी सानू यो मनको बाटो आयौ
आयौ अनि गयौ तिमी,कुटुकुटु मुटु खायौ।
भन कहाँ भेटिएला,याद मेट्ने इरेजर
तिमी कहाँ भेटिएला,कुन गाउँ या शहर
क्षितिजबाट रवि जस्तै परैबाट मुस्कुरायौ
आयौ अनि गयौ तिमी,कुटुकुटु मुटु खायौ।
मुटु भरी पीडा बोकी बाहिर त हाँस्नुपर्ने
बिडम्बना जिन्दगीको यादैयादमा बाँच्नुपर्ने
हिजो राती सपनीमा छायौ अनि तड्पायौ
आयौ अनि गयौ तिमी,कुटुकुटु मुटु खायौ।
No comments:
Post a Comment