चुम्बकले फलामलाई ताने सरी तान्यौ
गुलाबले भमरालाई ताने सरी तान्यौ
जवानीको जाल फ्याँक्न कसोगरी जान्यौ?
त्यो दिलको पिंजडामा कैदी भएको छु
तिम्रो लागि म मायाको खेती भएको छु
पिरतीको बाण सीधा मुटु तिरै हान्यौ
सिकारीले मृग लाई हाने सरी हान्यौ
जवानीको जाल फ्याँक्न कसोगरी जान्यौ?
ठेकी अनि मदानीको खेल खेल्न खोज्छ्यौ
यौवनको बेलना भई रोटी बेल्न खोज्छ्यौ
मुछ्न लागिएको नरम,गिलो पिठो ठान्यौ
पकाएको सेल रोटी ,जस्तो मीठो मान्यौ
जवानीको जाल फ्याँक्न कसोगरी जान्यौ?
No comments:
Post a Comment