सुन देशद्रोही नेता!छाल बनेर आउँछु
तिम्रै हालीमुहाली भो,काल बनेर आउँछु।
सालिक झैं उभिरह्यौं देशको सीमा मिचिंदा
शत्रु छिमेकीको लागि,पर्खाल बनेर आउँछु।
सहिँदैन अब कुनै अन्याय र अत्याचार
खबरदार!बन्दुकको नाल बनेर आउँछु।
रुवाउँछौ चेली लाई कति यौनपिपासु हो!
अब तिम्रो आँखामा म ताल बनेर आउँछु।
अशान्तिको बादलले घेरिरह्यो देश लाई
शान्ति र चैन ल्याउने साल बनेर आउँछु।
No comments:
Post a Comment