Wednesday, 5 July 2017

स्याउझैं गाला

स्याउझैं गाला,मोतीझैं दाँत,गुलाबी ओठले
तानेर लग्यो तिमीले पास,कोकिल कण्ठले।

हिमाली पाखा हिउँले ढाक्यो,चिसोले समायो
मायाले मुटु ,ढाकेर होला ,यो मन रमायो
तिमीले हाँस्यौ जसरी हाँस्छ फुलको बोटले
तानेर लग्यो तिमीले पास,कोकिल कण्ठले।

भुकम्प आयो धर्तीमा तिम्ले पाइला टेकेर
साधुको पनि मोडियो ध्यान जवानी देखेर
पागलै भएँ परीको रुप,  मुस्कान   मन्दले
तानेर लग्यो तिमीले पास,कोकिल कण्ठले।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...