मेरो मनको आकाशमा बादल लागेको छ
आँखा बाट साउनको झरी झैं बर्सेको छ।
रानो बिनाको घार जस्तो,भयो मेरो जिन्दगी
सुक्दै गरेको झार जस्तो,भयो मेरो जिन्दगी
बज्रपात हुँदा खेरी यो मन तर्सेको छ
आँखा बाट साउनको झरी झैं बर्सेको छ।
माया लिलाम भयो मेरो,सरी गयो बसाइँ
यही सोचेर बसेको छु, मरी गयो निष्ठुरी
जति बिर्सुँ भने पनि सम्झना बसेको छ
आँखा बाट साउनको झरी झैं बर्सेको छ।
No comments:
Post a Comment