Thursday, 1 November 2018

चरिचुच्चे

केटा
चरिचुच्चे च,राम्रो म
तिम्रो मन साह्रै चाम्रो छ
केटी
नाकथोप्ले ङ,पातलो स
मेरो माया धेरै गाढा छ।

केटा
उज्यालो छ तिम्रो तन,अँध्यारो छ मन
नढाँटेर भन कान्छी,के छ भित्री मन।
केटी
मेरो मन खराब देख्ने तिम्रै आँखा दोषी
मै जस्तो राम्रो मान्छे पाइँदैन खोजी।
केटा
चरिचुच्चे च,राम्रो म
तिम्रो मन साह्रै चाम्रो छ
केटी
नाकथोप्ले ङ,पातलो स
मेरो माया धेरै गाढा छ।

केटा
साँच्चै राम्री छ्यौ भने चुम्मा गरी देखाउ
यो मुटुको गाग्रीभित्र माया भरी देखाउ।
केटी
गरेर त हुन्न कान्छा,आफैं हुन्छ माया
तिमी आफैं चाल पाउँछौ,म गएसी टाढा।
केटा
चरिचुच्चे च,राम्रो म
तिम्रो मन साह्रै चाम्रो छ
केटी
नाकथोप्ले ङ,पातलो स
मेरो माया धेरै गाढा छ।

केटा
मेरो लागि के के तिमी गर्न सक्छौ खास
परमाण नदेखाए राखिंदैन आश.........।
केटी
माया भन्दा ठूलो चीज अरु केनै हुन्छ
तिम्रो व्यर्थ कुरा सुन्दा मन अति रुन्छ।
केटा
चरिचुच्चे च,राम्रो म
तिम्रो मन साह्रै चाम्रो छ
केटी
नाकथोप्ले ङ,पातलो स
मेरो माया धेरै गाढा छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...