मन दुखेको ओखतीलाई कति पर्छ डा.साहेब
शंका लाग्छ -ओखतीले ठीक गर्छ डा.साहेब?
अतीतका व्यथाहरु जब सामू नाच्न थाल्छन्
थाहै नपाई अश्रु-धारा तप्प झर्छ डा.साहेब।
दिउँसो तिर बोल्दा,हिंड्दा पाइँदैन खासै थाहा
साँझ ढल्दै वेदनाले नुनचुक छर्छ डा.साहेब।
मुटु चल्दा,सास चल्दा,यस्तो लाग्छ-बाँचेकै छु
तर मेरो नाजुक मन पलपल मर्छ डा.साहेब।
मुखमा मास्क लगाएर सतर्क भई चेक गर्नुस्
मेरो जस्तो रोग सायद त्यता सर्छ डा.साहेब।
No comments:
Post a Comment