Saturday, 10 November 2018

जिन्दगी

जिन्दगी पनि कस्तो कस्तो
कतै बसन्तले चुमे जस्तो
कतै शिशिरले झुमे जस्तो
कतै सुख छाए जस्तो
कतै दु:ख पाए जस्तो
कतै सुखमाथि हाँसो थपे जस्तो
कतै दु:खमाथि आँशु बर्षे जस्तो
कतै हाँसोमा हाँसो मिलाए जस्तो
कतै आँशुमा आँशु थपे जस्तो
जीवन के हो बुझ्न गाह्रो छ
जीवन जिउन झन गाह्रो छ
वास्तवमा जीवन गहिरो छ
समुद्र भन्दा पनि गहिरो छ
जीवनलाई खोज तलास गर्न
जीवनको गहिराइमा डुब्नैपर्छ
जीवनको गहिराइभित्र
कतै हीरा र मोती भेटिन्छन्
कतै बालुवा र गिट्टी भेटिन्छन्
कतै साना मत्स्यहरु त
कतै ठूला मत्स्यहरु देखिन्छन्
जीवनरुपी समुद्रभित्र चाहे
जे हात लागे पनि लिनैपर्छ
जहाँ जसरी जिएपनि
गहिराइभित्रै जिउनुपर्छ
कतै छट्पटिएर
कतै निस्सासिएर
कतै छचल्किएर
जीवनलाई जिउनैपर्छ
कतै तरङ्गहरुसित
कतै छालहरुसित
कतै तीव्र गतिमा
कतै सुस्त गतिमा
जीवनलाई हुत्याउनैपर्छ
जीवनलाई हुत्याउनैपर्छ।

(२०५७/५८)

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...