सदा-सदा अनमोल माया दिन्छु भन्थ्यौ भन्न त
जीवन मेरो उजाड बनाइ आखिर गयौ त।
बसन्त त गयो-गयो शिशिर पनि आएको छ
पात त आखिर झर्यो-झर्यो तिमी पनि गयौ त।
सपनामाथि आगो लाग्यो,मृगतृष्णा पनि देखें
कोही बसन्तको पहिरनमा नआऊ अब त।
माया नै हो सुनको गजूर,अनि संसार भन्थ्यौ
आज फेरि धनै सबथोक ठानी छाडी गयौ त।
पिरतीको मीठो धून हाली गाउने गर्थ्यौ गीत
जाने बेला आखिर भाका फेरेर किन गयौ त।
२०५६/५७
No comments:
Post a Comment