होसियार अब जनताहरु हो,
नेताको प्रत्येक बोलीमा पैसा फल्छ।
पुल बनाउने बहानामा यहाँ
देशको हरेक खोल्सामा पैसा फल्छ।
लड्छन्,लुछाचुँडी गर्छन् आपसमा
हरेक चुनावमा नेताको भाग्य फल्छ।
कुर्चीको निमित्त खेल खेलिरहन्छन्
हरेक पाइलामा नेताको होड चल्छ।
सेकेन्ड सेकेन्डमा सरकार फेरिन्छ
निरन्तर रुपमा क्षण-क्षणमा सरकार ढल्छ।
एउटा नेताको हरेक बोलीले
प्रत्येक नेतालाई झोक चल्छ।
बुझिराख्नोस् है जनता हो कुरा
हाम्रो देशमा अहिले यस्तै हाल छ।
२०५६/५७
No comments:
Post a Comment