Tuesday, 20 November 2018

बाउ चाहियो

हाम्रै सामुन्ने उसको बाउले देहत्याग गरेको हो
करोडौं मलामीलाई साक्षी राखेर
उसैको हातले दागबत्ती दिएको हो
आँखा अगाडी नै भस्म भएको हो अस्तित्व।

बगाइसकेको हो अस्तु-जनमतको बागमतीमा।

आज आएर
राजतन्त्रको बच्चा बालहठ गरिरहेछ-
बाउ चाहियो-बाउ चाहियो!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...