Saturday, 10 November 2018

म कविता

म कविता भएको छु
खोला झैं बगिरहेको छु
हावा झैं बहिरहेको छु
बादल झैं मडारिरहेको छु
चट्याङ झैं गर्जिरहेको छु
सललल बगिरहेको छु
तीव्र बेगमा उर्लिरहेको छु
चनाखो भई हुईंकिरहेको छु
गड्याङ-गुडुङ चर्किरहेको छु
राइफ्लको गोली पड्के झैं
भटटट....पड्किरहेको छु
त्यसैले कविहरुले मलाई कोरेका छन्
म भित्र कविता देखेका छन्
त्यसैले म कविता भएको छु
मेरो जीवन व्यथा अहिले
घाम र पानी भएको छ
दर्पण र छायाँ भएको छ
हाँसो र आँशु बर्षेका छन्
कतै इन्द्रेणीले सजिएको छ
कतै अँध्यारोले छोपेको छ
चर्केको दर्पण अनि दर्पणभित्र
छिया-छिया परेको अनुहार भएको छु
यसलाई कविले कोरेका छन्
म भित्रको तथ्य ओकलेका छन्
त्यसैले म कविता भएको छु
काँडाबीचको फूल झैं छु
पीडा र चस्काइहरु सहेको छु
दुखाइका मूलहरु फुटेका छन्
कविले कहानी बुझेका छन्
मलाई यथार्तमा काभेका छन्
त्यसैले कविहरुको कविता हुँ
म कविता भएको छु
म कविता भएको छु।

(२०५६/५७)

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...