आम्बो!क्या च्वाँक हो सोल्टिनी!
आम्बो!लगायो मोहनी
लगायो मोहनी!
सपार्यो जिन्दगी!
हेराइको गोली लाग्यो पहिलो भेटैमा
ढकढक गरी ढक्ढक्यायो दिलको गेटैमा
आल टाल गर्दा पनि ठोक्यो लगातार
तोडी फोडी आयौ आखिर बिना इन्तजार।
आम्बो!.....
लात मारी भगाइदियौ मनको पालेलाई
मुस्कानको भर्याङ चढी ताक्यौ कालेलाई
रोक्न पनि सकिएन मैले आफूलाई
देखाइदिएँ मनको ढोका कुरा नलुकाई।
आम्बो!....
No comments:
Post a Comment