Tuesday, 13 November 2018

शेर्पा गीत

(केटा)
बैशको उकाली चढेर
मायाको अंजुली भरेर
प्रीतिको आकाश चुमौला
चुम्बनको उडान भरेर।
(केटा कोरस)
गुड चान्स शेर्पीनी  गुड चान्स
लेट्स डान्स शेर्पीनी लेट्स डान्स।

(केटी)
गुम्बाको दर्शन गरेर
बुद्धको पाउमा ढोगेर
शान्तिको गरौं कामना
झलल छ्योमे बालेर।
(केटी कोरस)
कम कम शेर्पा कम कम
छ्योम छ्योम शेर्पा छ्योम छ्योम।

(केटा)
म कुरा गर्छु मायाको
तँ कुरा गर्छस् धर्मको
म पक्का तँलाई लैजान्छु
भरोसा राख कर्मको।
(केटा कोरस)
कमन सेमी कमन
कमन बेबी कमन।

(केटी)
डोर्याई डोर्याई लैजाने
फकाई फकाई लैजाने
बाख्राको पाठी म हैन
तैंले त भगाई लैजाने।
(केटी कोरस)
लेट्स टक शेर्पा लेट्स टक
लेट्स रक शेर्पा लेट्स रक।

(केटा)
दुईदिने जोवन के भर
लाइदिन्छु माया भर पर
चोखो पिरती भन्दा त
संसारमा ठूलो के छ र?
(केटा कोरस)
लेट्स गफ दल्जा लेट्स गफ
लेट्स लभ दल्जा लेट्स लभ।

(केटी)
नाचगान गर्न आएको
रमरस गर्न आएको
माया त लाउन आ हैन
हाँसखेल गर्न आएको।
(केटी कोरस)
कम कम ब्रदर्स कम कम
कम कम सिस्टर्स कम कम।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...