धर्मको कुरा गर्दा चन्द्रमा ढोगुँ जस्तो लाग्छ
बिज्ञानलाई सुन्दा चन्द्रमा टेकुँ जस्तो लाग्छ।
मुटुको व्यथा हेर्दा आँशु नै खसे जस्तो लाग्छ
आँशु बुझ्दा पानी संगै मनै बगे जस्तो लाग्छ।
आकाशको जून देख्दा कोही फुले जस्तो लाग्छ
बादलुले छेकी दिंदा फेरि रोए जस्तो लाग्छ।
बागको फूल देख्दा टिपी सजाउँ जस्तो लाग्छ
फूल संगै काँडा देख्दा मुटु घोचे जस्तो लाग्छ।
कोही हाँस्दा जीवनको सुख भोगे जस्तो लाग्छ
कोही रुँदा मुटु भित्र चोट परे जस्तो लाग्छ।
जीवन हेर्दा चुँडेर गाँसेको धागो जस्तो लाग्छ
धागो चुडिंदा त मन पनि चुँडे जस्तो लाग्छ।
जीवन केवल एक झुल्का घाम जस्तो लाग्छ
जीवन केवल एक थोपा पानी जस्तो लाग्छ।
दिनको घाम डुब्दा जीवनै डुबे जस्तो लाग्छ
एक थोपा पानी सुक्दा जीवनै सुके जस्तो लाग्छ।
No comments:
Post a Comment