कुन गाउँ होला,कुन ठाँउ होला,के होला ठेगाना
आँखामा आउने,मुटुमा बस्ने,मान्छेको ठेगाना।
झर्नाको धूनमा छम्छमी नाच्दै होलिन् झैं लाग्दैछ
पूर्णेको जूनमा बैशालु यौवन खोलिन् झैं लाग्दैछ
कसैले देखे,कसैले चिने,भन्दिनु ठेगाना
आँखामा आउने,मुटुमा बस्ने,मान्छेको ठेगाना।
नागबेली केश फिजाइँ फुर्र उन्मत्त होलिन् की
मलाई सम्झी उन्मुक्त हाँसो हाँस्छिन् की रुन्छिन् ती
खोजिरहेछु महिनौं देखि उनैको ठेगाना
आँखामा आउने,मुटुमा बस्ने,मान्छेको ठेगाना।
No comments:
Post a Comment