अहो!दियालो बनेर छाइदेऊ तिमी
म अन्धकार निष्पट्टमा चिच्याइरहेछु
म,-तिमीले प्रेमका प्रसाद ल्याउँछ्यौ कि भनेर
तिम्रै माया,मुस्कान र संझनामा तड्पिरहेछु
मा याहरु अविरल र अविनाशी तिमीमा मेरो
मन,माया र मुटुको महासागरबाट
या त मुस्कान र प्रेमका प्रसादहरु फेरि
प्रेमरुपी संसारको मन्दिरबाट
ग ए पनि तिमी मबाट अति टाढा-टाढा
मनहरु त कति पनि टाढा छैन
र हरहरु अनि सपनाहरु छन्,तिम्रा र मेरा
झझल्कोले सताइदिन्छ,बिर्सनु छैन
छु म यहाँ तिम्रै यादमा,छौ तिमी त्यहाँ
तर बिर्सिएछ भनी कहिल्यै नभन्नु
ति म्रा ती माया,मुस्कान र ढुकढुकीहरु
हरपल मेरा इच्छा र चाहनामा छन्,भुल नठान्नु
मी ठो सपनाको खेती गर्न हरपल,हरदिन
म तिम्रो संसारमा गैंती बोकेर दौडिरहन्छु
ला मो सम्झना र माया छ तिमीलाई मेरो
म त्यहीँ सम्झनामा झस्किरहन्छु
ई श्वरले साथ देऊन् हामीलाई
म सधैं यही बर्बराउँछु
क्षण-क्षण सपनामा पनि बर्बराउँछु
अनि विपनामा पनि म यही बर्बराउँछु।
Saturday, 10 November 2018
एक सपना
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment