यौटा हात छोडी फेरि अर्को हात समाउँछन्
यौटालाई दुखाएर अर्कोसंग रमाउँछन्
यौटालाई रुवाएर अर्कोलाई हसाउँछन्
थाहा छैन किन मान्छे मान्छेलाई फसाउँछन्।
कतिपय प्रेमहरु कोपिलामै निमोठिन्छन्
मगमगाउने फूल पनि खडेरीले सुकिदिन्छन्
बाध्यताले अलग्गिनु त्यहाँ आफ्नै व्यथा होला
हर प्रेम बियोगमा त्यहाँ छुट्टै कथा होला।
जानीजानी फकाउनु,जानीजानी लत्याउनु
मानवीय धर्म होइन,त्यसलाई डाँडा कटाउनु
मान्छेले मान्छेको मर्म बुझिदिने कहिले होला
सबै मान्छे खुशी हुने त्यो दिन कहिले आउँला।
No comments:
Post a Comment