आज पनि फेरि हामीहरुको सामु हामी सम्पूर्ण शेर्पाहरुको महान चाड एवं नव बर्ष ल्होसार नौलो भाकामा,ढाँचामा,पारामा या भनुँ नयाँ भेषमा उपस्थित भएको छ।यसले हामीमा नयाँ जोश,जाँगर,उमंग र गति अनि परिवर्तनशील धारणा थपिदिएको छ।हामीलाई प्रगति र अग्रगतिको मार्गमा डोर्याउन आएको छ-ल्होसार।त्यसैले हामी सबै समाहित भएर यसलाई स्वागत गरौं।जब कि हाम्रो देशका सर्बोच्च शिखरहरुले समेत स्वागत गरिरहेका छन्।
शेर्पाहरुको आज विश्वको हरेक कुना र कन्दराहरुमा चर्चा-परिचर्चाको बिषय बनेको छ।वास्तवमा शेर्पाहरु महान,साहसी र आँटिला हुन्छन्।यसको प्रमाण अग्रज तेन्जीङ दाज्युले दिएका छन् साथै यसको थप प्रमाण दिदी पासाङ ल्हमु र अन्य धेरै शेर्पा दाज्युभाइ,दिदीबहिनीहरुले विश्वकै सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेर शेर्पाहरुको मात्र हैन,सम्पूर्ण नेपाल र नेपालीहरुको इज्जत र गौरवलाई सगरमाथाकै चुलीमा पुर्याइदिएका छन्।यसबाट के प्रष्ट हुन्छ भने शेर्पाहरु डरछेरुवा,निर्धा र कमजोर पटक्कै हुँदैनन्।बरु यो देशको खातिर केही गर्ने हिम्मत र आँट उनीहरुमा छ।
तर कतिपय मानिसहरुले के भन्छन् भने शेर्पाहरु हिमालको छेउमा बसेर हिमाल मात्र चढ्न जान्दछन् र सक्दछन्।वास्तवमा यस्तो सोच्ने ब्यक्तिको सोचाइमा खडेरी परेको हो।अनि कतिपयले के पनि भनेको सुनिन्छ भने शेर्पाहरु पैसा कमाउनका लागि मात्र हिमाल चढ्छन्।वास्तवमा यो त झन १००% नै गलत हो।बरु उनीहरू पैसा कमाउन हैन इज्जत कमाउन हिमाल चढ्छन् र चढेका छन्।अझ भन्नैपर्दा शेर्पाहरु हरेक क्षेत्रमा तल्लीन,अग्रसर र अघि नै छन्।उनीहरू वरिष्ठ डाक्टर,इन्जिनियर,पाइलट,प्रशासक,प्राध्यापक,सांसद आदि भएका छन्,मात्रै मंत्री भएका छैनन्।
हामी शेर्पाहरु बुद्ध धर्ममा आबद्ध र समर्पित छौं।बुद्धको उपदेश पालना गरेर हामी व्यवहारमा उत्रन्छौं।आजको यो समय,परिस्थिती र परिवेशमा सबैले बुद्धको उपदेशको अनुसरण गर्नुपर्छ।अहिले विश्वमै हत्या,हिंसा,बलात्कार,चोरी,डकैती,लुट-पाट मच्चिएको छ।त्यसैले फेरि पनि यो संसारमा एउटा नयाँ बुद्ध जन्मनु आवश्यक छ।पहिलो बुद्धले त्यति राम्रो हिंसा र हत्या रोक्न सकिरहेको छैन।त्यसैले फेरि बुद्ध अवतार भएर जन्मनु आवश्यक छ।यदि त्यसो भएको खण्डमा संसारमा शान्ति नै शान्ति छाउनेछ।संसार शान्त अनि स्वर्गतुल्य हुनेछ।
......धन्यवाद
No comments:
Post a Comment