Sunday, 18 November 2018

गीताङ्गे


गीताङ्गेले उडाइदियो च्वाँक नर्सलाई
झारेपछि चल्यो धेरै झ्वाँक नर्सलाई
मुटु भित्र थुनिदियो धेरै बर्षलाई
जेल भित्र कोचिदियो सबै हर्षलाई।

एकै फ्वाँक माया माग्दा आनाकानी गर्छ
घरमा बुडी हुँदाहुँदै अन्तै कुरा गर्छ
नजिकैको मानो खाली,टाढा पाथी भर्छ
घरमा मुर्गी हुँदाहुँदै दालको पछि पर्छ।

कुखुरा पनि आजभोलि स्याल भन्दा बाठो
घरमा भाले हुँदाहुँदै खेलाइहिन्छन् नाठो
कुकुर भने घर न घाटको हुन थाले अचेल
खीर छोडी आछी समेत खान थाले अचेल।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...