Saturday, 10 November 2018

यौटै मुटु

यौटै मुटु सय टुक्रामा चोइटिएका छन्
आँखाहरु त्यसै त्यसै रोइदिएका छन्
मुटु छोडी माया कतै गैदिएको छ
पिरतीको संसार शून्य भैदिएको छ।

ढुकढुकी अनायासै रोकिएको जस्तो
अहिले त लाग्छ सासै रोकिएको जस्तो
हिउँ जस्तै मन पनि चिसिएको जस्तो 
त्यसैमा क्यै व्यथा पनि मिसिएको जस्तो।

भमराले फूललाई बिर्से जस्तो लाग्ने
बगैंचाको रंग पनि कस्तो कस्तो लाग्ने
दोष न त फूलको छ,न छ भमराको
पानी नपाई बोट मर्दा,के दोष जराको।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...