Sunday, 18 November 2018

चोया बुन्न

चोया उन्न सिक्नुपर्यो
जाल बुन्न सिक्नुपर्यो
पत्याएनन् कसैले नि
जाल बुन्न सिक्नुपर्यो।

देखावटी आँशु देखाई रुन सिकिएन
भित्र खोक्रो बाहिर बोक्रो हुन सिकिएन
बाटो थुन्न सिक्नुपर्यो
माया चुन्न सिक्नुपर्यो
पत्याएनन् कसैले नि
जाल बुन्न सिक्नुपर्यो।

यतै ठिक्क उतै ठिक्क पार्न सिकिछोड्छु
धमिलो पानीमा माछा मार्न सिकिछोड्छु
आँखा धुन सिक्नुपर्यो
मन छुन सिक्नुपर्यो
पत्याएनन् कसैले नि
जाल बुन्न सिक्नुपर्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...