Wednesday, 14 November 2018

तिम्रो मायाले

तिम्रो मायाले मेरो केही छैन शेष
२ शब्दको प्रेम बरु नगरेकै बेश।

मन भन्दा धन ठूलो ठान्यौ तिमीले
तिम्रो प्रतिक्षामा बस्दा फुलिसक्यो केश।

तिम्रो मायाले जोवन यो मरिसक्यो
किन लुज बनाइ छाड्यौ जिन्दगीको लेश।

खोक्रो पारी दियौ आज मलाई
प्रेम पत्र मैले अब नलेखेकै बेश।

जोतिष बुझें राशी मेरो सिंह थियो
फेरी बुझें मैले तिम्रो राशी चाहिं मेष।

यो दु:खी छाडी सुखीतिर लाग्यौ तिमी
मेष जस्तो राशी अब नसुनेकै बेश।

तिम्रो मायाले आज केही छैन शेष
२ शब्दको प्रेम अब नगरेकै बेश।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...