Saturday, 10 November 2018

अतीतका भग्नावशेषहरु

(१)
बि.सं.२०५६ सालतिरको कुरा हो।यलुङदेखि जिरीबजार झर्ने बाटोमा पाइला टेक्नै मुश्किल हुन्थ्यो।सास लिन सक्ने त परै जाओस्।जिरीदेखि सोलुसम्म ढाकर खेप्ने ढाक्रेहरुले गरेको अव्यवस्थित दिशा-पिसाबले नेपालको स्वीट्जरल्यान्ड भनेर चिनिने सिंगो जिरी बजारै डुङ्डुङ्ती गन्हाइरहेको हुन्थ्यो।त्यसप्रति कसैको चासो देखिएन।अति भएपछि मैले दोलखाको टुकी संघबाट प्रकाशित हुने एउटा पत्रीकामा "जिरीमा अव्यवस्थित चर्पी"शीर्षकमा लेख छपाएपछि एकाएक सुधार आएको थियो।त्यसबेला देखि मैले कलमको तागत बुझेको थिएँ।

(२)
बि.सं. २०५८ सालतिरको कुरा हो।राजदरबार हत्याकाण्ड भएकै महिनातिर त्यसै सन्दर्भमा "नौलो युद्ध मच्चियो" शीर्षकको गद्य-कविता दोलखाबाट प्रकाशित हुने दैनिक पत्रीका "चरिकोट टुडे" मा छपाएको थिएँ।कविता भएको पत्रीकाको प्रति पनि रेकर्डको लागि सुरक्षित राखेको थिएँ।देशमा संकटकाल चलिरहेको थियो।अवस्था गम्भीर थियो।जतिखेर जसलाई जे पनि हुनसक्थ्यो।मार्क्स,लेलिन र माओका पुस्तकहरू घरमा भेटिए सेनाहरुले आतंककारी घोषणा गर्न सक्थे।मेरो कविता पनि निकै शसक्त र क्रान्तिकारी थियो जस्तो लागेको थियो आफूलाई।भयकै कारण त्यो सुरक्षीत प्रति जलाइदिएँ।अहिले मसंग त्यो कविताको शीर्षक बाहेक केही बाँकी छैन।

(३)साहित्यमा त म २०५४ तिरैबाट हल्काफुल्का कलम चलाउँथें।मुक्तक भनेर रेडियो नेपालमा लेखेर पठाउँथें।तर त्यतिबेला मलाई मुक्तकको संरचना थाहा थिएन।मुक्तक हुन नसकेकोले प्रसारण हुँदैनथ्यो।२०६२ तिर साउदीअरब छिरियो।त्यहाँ पनि कविता,गजल र गीतहरु लेख्थें।तर पछि नेपाल जाँदा लिएर जान मन लागेन।उतैको माटोमा दफन गरेर गइयो।त्यतिबेला लेखेको एउटा लोकगीतको स्थायी मात्र याद छ।बाँकी उतैको माटोमा होला।स्थायीलाई यहाँ प्रस्तुत गर्न चाहन्छु।

(केटा)

प्रीतिको गीत गाउँदैछु
चोखो माया मुटुमा साँचेर तिम्लाई भेट्न छिट्टै आउँदैछु।

(केटी)
मेलापात दिनै धाउँदैछु
छिट्टै घर फर्केर आऊ माया,मैले धेरै दु:ख पाउँदैछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...