जीवनको जुनसुकै परिभाषा पनि हामीलाई हामीलाई ठीक लाग्ने गर्छन्,जीवनमा लागू नभएतापनि।निम्न परिभाषाहरु मानवजीवनमा लागू हुने गर्छन्।
-संघर्षबाटै जन्मेको संघर्षशील जीवन।
-दु:ख र सुखको संगम।
-कर्कलाको पानी जस्तो।
-घामछायाँ जस्तो।
-दर्पणछायाँ जस्तो।
-मिलन र बिछोडको मिश्रण।
-हाँसो र आँशुको मेल
-अनुभव र अनुभूतिहरुको शृंखला।
-सङ्लो पानी।
-काँडाहरुबीच फुलेको फूल।
-वसन्त र शिशिरको दोभान।
-सपना र विपनाको हार।
-कहिल्यै समाप्त नहुने अनौठो खेल।
-सल्किरहेको चुरोट जस्तो।
-चपाइरहेको चुइँगम जस्तो।
-नटुङ्गिने यात्रा।
-उज्यालोको खोज।
-एक कर्तव्य।
-प्रकृतिको एक अंग।
जीवनलाई जुन किसिमले केलाएर हेरेपनि आखिर रोजाइको नभएर भोगाइको घेराभित्र रुमल्लिएको हुन्छ।सोचेजस्तो जीवनमा कहिल्यै हुँदैन।कहिले सोचेभन्दा बढ्ता त कहिले सोच्दै नसोचेको पनि हुन्छ जीवनमा।भनिन्छ मानिस जन्मँदा स्वतन्त्र भएर जन्मन्छ तर जन्मिसकेपछि कर्तव्यको घेराभित्र पर्छ।वास्तवमा जीवन क्रिया मात्र नभएर प्रतिक्रिया,निस्कृयता र सक्रियता पनि हो।असल प्रतिक्रियाले सकृय जीवनलाई डोर्याउँछ भने खराब प्रतिक्रियाले निष्क्रिय जीवनलाई।यहाँ जीवनलाई नबुझ्ने र परिभाषित नगर्ने मानिसहरु प्रायः कमै पाइन्छन्।त्यसैले आज मैले पनि जीवनको एउटा अर्थ र परिभाषा सिक्ने अवसर पाएँ र म यसरी जीवनलाई परिभाषा दिन्छु।
"जीवन एक शसक्त ज्वालामुखी हो जुन विस्फोट हुन्छ र अन्तमा सेलाएर जान्छ।"
(२०५६/५७)
No comments:
Post a Comment