Wednesday, 7 November 2018

मायालाई म्याक्सिमाइज

मायालाई म्याक्सिमाइज गरेर
घृणालाई मिनिमाइज गरेर
आइदेउ डियर मेरो लाइफमा
छाइदेउ डियर मेरो लाइफमा।

हाँसोलाई इन्ट्री गर,आँशुलाई डिलिट
सहीलाई सेभ गर, गलतलाई इडिट
दिनदिनै एक्सर्साइज गरेर
मोटाइलाई मिनिमाइज गरेर
आइदेउ डियर मेरो लाइफमा
छाइदेउ डियर मेरो लाइफमा।

व्युटिफुल हुनु तिमी,सक्सेसफुल हुनु
एङ्ग्रीबर्ड जस्तो हैन,कूल-कूल हुनु
जिन्दगीमा प्याराडाइज बनेर
कथा-व्यथा रियलाइज गरेर
आइदेउ डियर मेरो लाइफमा
छाइदेउ डियर मेरो लाइफमा ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...