Saturday, 10 November 2018

मेरो मनपर्ने गीत

मेरो मनपर्ने गीत

        गायक श्री लाक्पा शेर्पा एक भावुक कलाकार हुन्।उनले गाएका गीतहरुमा बढी भावुकता र सत्यता पनि पाइन्छ।उनको गीतले हरेक श्रोताहरुको मन छुन्छ र मुटुमा चसक्क घोच्दछ भन्नुमा अत्युक्ति नहोला।उनका गीतहरु जहाँ जतिबेला पनि सदाबहार भई गुञ्जेर अमर रहिरहन्छ।मलाई पनि त्यस्तै सत्यता भित्रको भावुक गीत नै धेरै मनपर्छ।

          प्रेमबाट धोका खाएको जोकोही ब्यक्ति कसैको यादमा तड्पिने र झस्किने गर्छन्।कसैले उसको अतीतको कहानी र व्यथालाई सम्झाएमा,कोट्याएमा साँच्चिकै उसको आँखा रसाउँछ र उसको हृदय जलेर छिया-छिया र खरानी बन्छ।अनि त्यो बेला उसले आफूलाई एउटा घाइते शिकार वा जिउँदो लासको अनुभूति गर्दछ।वास्तवमा उसले आफ्नो त्यो क्षण,त्यो घटना अथवा भनुँ त्यो कहानीले भरिएको प्रेम व्यथा चटक्कै बिर्सन खोजिरहेको हुन्छ तर सम्झना र यादले भने सताइरहन्छ,झस्काइरहन्छ।यो प्रेमबाट हार खाएका जो कोहीको...

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...