चाहे नयनको सरोवरमा पौडी खेल तिमी
चाहे यो दिलको आँगनमा कौडी खेल तिमी
मलाई फरक पर्दैन..२
अचानो भई सहेर दिन्छु,खुकुरी बन्छौ की
जमिन भई सहेर दिन्छु,कोदाली खन्छौ की
चाहे कुल्चिएर छातीलाई पेल्छौ पेल तिमी
चाहे रोटी जस्तै मनलाई बेल्छौ बेल तिमी
मलाई फरक पर्दैन..२
आफ्नै खुशीको गरेर हत्या,तयार छु हाँस्न
हरेक पल,मरेर पनि,तयार छु बाँच्न
चाहे जिन्दगीको भीरबाट ठेल्छौ ठेल तिमी
चाहे मेरो लागि दु:ख पीडा झेल्छौ झेल तिमी
मलाई फरक पर्दैन..२
No comments:
Post a Comment