जिन्दगीको कथा यो कसरी सुनाऊँ तिमीलाई
पीरै पीरका व्यथा यो कसरी सुनाऊँ तिमीलाई।
सपनाहरु धेरै थिए
एउटा फूल टिप्नलाई
तर आज काँडा घोच्यो
दु:ख भेटें जिउनलाई।
जिन्दगीको.......
गोरेटो त्यो खोज्दा खोज्दै
आफैं पनि हराइसकें
गन्तव्यमा पुगुँ भन्थें
आज आफैं विलिन भएँ।
जिन्दगीको.......
जिन्दगीको यात्रामा
भीरमाथि पो पुगें
जाने ठाउँ कही छैन
यात्रा मेरो त्यहीं टुंगे।
जिन्दगीको.......
२०५६/५७
No comments:
Post a Comment