हिजो र अस्तिको रात
सुनसान,स्तब्ध,निष्पट्ट थियो
त्यही समय,त्यही क्षण
मेरो घरको भित्तामा झुन्डिएको
एउटा टोकरी,एउटा घार पनि
सुस्त र चुपचाप थियो
मौरीहरु पनि चुपचाप थिए
एक-अर्कामा सहयोग गर्थे
एक आपसमा मिलेर बस्थे
सिङ्गो चाकामा मह जमाउँथे
बेला-बखत म पनि
मीठो -गुलियो मह चाख्थें
तर आज फेरि देख्दैछु
उनीहरुमा मद्दत,सहयोग विल्कुल छैन
बरु हान-हानी,तान-तानी छन्
भातृत्वभाव कदापि छैनन्
आफ्ना जिम्मेवारीका कर्तव्यहरु
कहिल्यै,कदापि निर्वाह गर्दैनन्
मेरा बगैंचाका फूलहरुमा
मौरीहरु देखिन छाडेका छन्
केवल भमरा र पूतलीहरु देखिन्छन्
झिंगाहरु भन्किन थालेका छन्
अनि ह्वास्स गन्हाउन थालेका छन्
अघि भर्खर मात्र मह खोज्न
घार भित्र आँखा दौडाएँ
तैपनि भेटाउनै सकिएन
नमुनासम्म पनि भेटाउन सकिन
अनि थकित भइ पल्टें
केही क्षण पश्चात एक ध्वनि सुनें
बम,बारुद र बन्दुक पड्के झैं
चट्याङ गर्जे झैं
विजुली चम्के झैं
अनौठो आवाज गुञ्जिनै रहे
धर्तीमा मृगको बाछो उफ्रे झैं
मेरो मुटु उफ्रिनै रहे
अझै पनि युद्ध चर्किंदैछ
डरको बाबजुत पनि चियाउन थालें
बछ्यूँका लस्करहरु देखें
रानी मौरीले बाँच्न पाएन
अब घारले सुनसान परिवेश
चाहेरै पनि पाउन सकेन
अब बिस्तारै-बिस्तारै
मौरीहरु सकिन थालेका छन्
तैपनि ज्यानलाई धितो राखी
आपसमा लडिरहेका छन्
अब मौरीहरु सकिसकेका छन्
तैपनि आपसी युद्ध सक्या छैन
दिनभर थरर...काम्न छोडिन
रात परिसकेको छ
बछ्यूँहरु हराइसकेका छन्
फेरि स्तब्धता र निष्पट्टता छाएको छ
मौरीहरुको रगत बगिरहेकै छ
अरु कुनै घारमा पनि
ती बछ्यूँहरु सरे झैं लाग्छ
युद्ध भैरहे झैं लाग्छ
त्यही युद्ध हेरेको भान हुन्छ
रात आधा छ,छिपेको छ
ओछ्यानमै पल्टिरहेको हुन्छु
आँखा बिसाउने चेष्टा गर्छु
तैपनि युद्ध देख्न छोडेन
तैपनि यसले निदाउन पाएन।
सुनसान,स्तब्ध,निष्पट्ट थियो
त्यही समय,त्यही क्षण
मेरो घरको भित्तामा झुन्डिएको
एउटा टोकरी,एउटा घार पनि
सुस्त र चुपचाप थियो
मौरीहरु पनि चुपचाप थिए
एक-अर्कामा सहयोग गर्थे
एक आपसमा मिलेर बस्थे
सिङ्गो चाकामा मह जमाउँथे
बेला-बखत म पनि
मीठो -गुलियो मह चाख्थें
तर आज फेरि देख्दैछु
उनीहरुमा मद्दत,सहयोग विल्कुल छैन
बरु हान-हानी,तान-तानी छन्
भातृत्वभाव कदापि छैनन्
आफ्ना जिम्मेवारीका कर्तव्यहरु
कहिल्यै,कदापि निर्वाह गर्दैनन्
मेरा बगैंचाका फूलहरुमा
मौरीहरु देखिन छाडेका छन्
केवल भमरा र पूतलीहरु देखिन्छन्
झिंगाहरु भन्किन थालेका छन्
अनि ह्वास्स गन्हाउन थालेका छन्
अघि भर्खर मात्र मह खोज्न
घार भित्र आँखा दौडाएँ
तैपनि भेटाउनै सकिएन
नमुनासम्म पनि भेटाउन सकिन
अनि थकित भइ पल्टें
केही क्षण पश्चात एक ध्वनि सुनें
बम,बारुद र बन्दुक पड्के झैं
चट्याङ गर्जे झैं
विजुली चम्के झैं
अनौठो आवाज गुञ्जिनै रहे
धर्तीमा मृगको बाछो उफ्रे झैं
मेरो मुटु उफ्रिनै रहे
अझै पनि युद्ध चर्किंदैछ
डरको बाबजुत पनि चियाउन थालें
बछ्यूँका लस्करहरु देखें
रानी मौरीले बाँच्न पाएन
अब घारले सुनसान परिवेश
चाहेरै पनि पाउन सकेन
अब बिस्तारै-बिस्तारै
मौरीहरु सकिन थालेका छन्
तैपनि ज्यानलाई धितो राखी
आपसमा लडिरहेका छन्
अब मौरीहरु सकिसकेका छन्
तैपनि आपसी युद्ध सक्या छैन
दिनभर थरर...काम्न छोडिन
रात परिसकेको छ
बछ्यूँहरु हराइसकेका छन्
फेरि स्तब्धता र निष्पट्टता छाएको छ
मौरीहरुको रगत बगिरहेकै छ
अरु कुनै घारमा पनि
ती बछ्यूँहरु सरे झैं लाग्छ
युद्ध भैरहे झैं लाग्छ
त्यही युद्ध हेरेको भान हुन्छ
रात आधा छ,छिपेको छ
ओछ्यानमै पल्टिरहेको हुन्छु
आँखा बिसाउने चेष्टा गर्छु
तैपनि युद्ध देख्न छोडेन
तैपनि यसले निदाउन पाएन।
(बि.सं.२०५८)
No comments:
Post a Comment