Sunday, 4 November 2018

कलल चिसो

कलल चिसो,सलल बग्यो कान्छीको जवानी
लेख्दिने मन छ,आजको दिन,सुनौलो कहानी
मायाको प्यास लागेर साह्रै व्याकुल भाकोछु
मेटाउन प्यास यौवनको खोलो देखेर आकोछु।

बटुवा बिना,महत्वहीन,देउराली,चौतारी
ठेकीको अर्थ पूर्णता हुन चाहिन्छ मदानी
जिन्दगी पूर्ण बनाउनलाई म यता धाकोछु
स्वीकार कान्छी,निश्छल माया,मनले लाकोछु।

सुकेर जाला व्यर्थमा त्यसै बैशको मुहान
थापेर बस्नु पर्दैन नानी,मायाको दोकान
कान्छाले पनि हजारौं हजार हन्डर खाकोछु
पहिलो पल्ट हृदय बाट तिमीलाई चाकोछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...