...........गल्तीभित्र पर्छ?अनि माया खोज्नु गल्ती हो त?हे देव!म त कसैलाई अवश्य माया गर्छु-गर्छु,यदि मेरो गल्ती नै हो भने मलाई फाँसी दिए हुन्छ।
साँच्चिकै ------,यो वैशको आँधीबेहरीले उब्जाएको यौवनको दुईदिने आशा,आकांक्षा,चाहना,तृप्त अनि उल्लास होइन।मलाई लाग्दछ,छातीभित्र मुटु छ,मुटुभित्र माया छ,मायाभित्र संसार छ,अनि संसारभित्र सबै छ।त्यसैले म प्रश्न सोधिरहेछु-के म तिमीभित्र अटाउन सक्दिन?अवश्य सक्छु नि होइन?सागर जतिसुकै लामो भएपनि सुन्दरता त्यसको गहिराइमा भए जस्तै मान्छेको सुन्दरता उसको प्रकृति र चरित्रमा हुँदोरहेछ,त्यसैले मलाई तिम्रा हरेक प्रकृतिहरु मन पर्छन्।फेरि पनि म आशा गर्दछु कि-You love me.
हुन त तिमीले मलाई माया गरिनै रहेका छौ तर त्यो भन्दा अझ बढ्ता माया पाउने प्रवल आशामा छु।
मलाई माफ गर,म अरु कसैलाई आफ्नो भोको आकांक्षा र चाहनालाई तेर्स्याउन गैरहेको छुइन।केवल तिम्रो सामु मात्र।यसमा कसैको दोष छैन,मलाई लाग्छ।
यदि तिमीलाई चाहनु मेरो भुल हो भने फेरि पनि मलाई माफ गर तर म सधैं तिम्रो निमित्त तपस्या बसिदिनेछु,सम्झनामा तड्पी रहनेछु,रोइरहनेछु,चिच्याइरहनेछु-चाहे भोकमा,चाहे प्यासमा,चाहे निंदमा,चाहे सपनीमा,चाहे विपनीमा,चाहे दिनमा,चाहे रातमा।चाहे मुटु दुखोस् या त जलेर खरानी होस,मेरो त्याग,तपस्या,बलिदान एवं अर्पण निरन्तर-निरन्तर हुनेछ।चाहे जस्तोसुकै कष्ट,दर्दनाक एवं करुण किन नहोस,म तिमीलाई नै खोजिरहनेछु,देखिरहनेछु-हरेक दृश्यहरुमा अनि प्राकृतिक छटाहरुमा।मेरो लागि माया नै जीवन हो।चाहे जस्तोसुकै लामो खडेरी आइदिए पनि यो मायाको सागर सुकेर जाने छैन।यो मैले ख्याल-ठट्टा पनि गरेको होइन।यसमा मेरो कुनै स्वार्थ र मोजमज्जाको अभिलाषा पनि त छैन।यो मेरो हृदयको कसम हो।
मलाई थाहा च तिम्रो छाती अनि मुटु खोक्रो छैन,बाँझो छैन अनि कडा र साह्रो छैन।तिम्रो मुटुभित्र माया र पिरतीको कोमल फूल फुल्न सक्छ जस्तो मलाई लाग्छ।फेरि मुटु भनेको कुनै निर्जीव बस्तु या...........
No comments:
Post a Comment