Friday, 16 November 2018

बायोडाटा

हामी पनि के कम ?
पासपोर्टोलोजीमा इन्टर गरेका छौं
इन्टरभ्योलोजीमा ब्याचलर
भिषा-रिनियोलोजीमा मास्टर्स
सलामोलोजीमा पीएचडी!

हामी पनि के कम ?
मान्छे चराएको १० बर्षे अनुभव
जी-हजुरी गर्न पोख्त
तलब थाप्न धैर्यधारण गर्न सक्ने
कडा बचन पचाउन सक्ने
दैनिक १२औं घट्न खट्न सक्ने
छुट्टी नभएपनि चल्ने।

हामी पनि के कम?
MS-दु:ख र MS-कष्टको अतिरिक्त ज्ञान
१०० को स्पीडमा पसिना टाइप गर्न सक्ने।

हामी पनि के कम?
इमो,म्यासेन्जर,भाइवर चलाउन जान्ने
सामाजिक सन्जाल हल्लाउन सक्ने
स्ट्याटस अपडेट गरिरहन सक्ने।

हामी पनि के कम?
परस्त्रीसंग च्याट गर्न सक्ने बिशेष खुबी।

योग्यता र अनुभवको आधारमा
अन्तर्वार्तामा कसो पास नभइएला र?
स्वदेशमा जागिर कसो नपाइएला?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...