त्यसैबेला स्वर्ग र नरकको द्धार देख्नेछु
आजसम्म मेरो न त आफन्तसंग मिलन छ
न त यो धर्तीसंगै मिलन छ
केवल म आफन्तहरुको धोकेवाज हुँ
धर्तीमा लात बजार्ने पापी हुँ
तर आफन्तबाट बिछोड पनि छैन
धर्तीबाट बिछोड पनि त छैन
त्यसै त आज मलाई न त मिलन थाहा छ
न त बिछोडको मर्म नै थाहा छ
जब खरानी गंगामा बग्दछ
अनि मात्र म धर्तीसंग मिलन हुनेछु
त्यतिखेर मात्र आफन्तबाट बिछोड हुनेछु
अनि त्यही बेला मिलन के हो बुझ्नेछु
त्यही बेला बिछोडको मर्म बुझ्नेछु
अहिले केवल व्यस्त छु
आफैंभित्र आफू हराएको छु
सुखमा होस चाहे दु:खमा होस
फूलबारीमा होस या मरुभूमिमा होस
आफन्त होस या पराइ होस
अन्धकारमा होस या उज्यालोमा होस
म जेनतेन बाँचिरहेको छु
मर्नका लागि अझै बाँचिरहेको छु
आफैंलाई विश्वास लागिरहेको छैन
अरुलाई विश्वास गर्न पनि सकिरहेको छैन
पिंजडाको सानो प्वालबाट चियाइरहेको छु
संसारलाई हेर्न खोजिरहेको छु
भूमरीबाट चिच्याइरहेको छु
शब्दहरुको अर्थ खोजिरहेको छु
तर देख्न सकिरहेको छैन
बुझ्न र पाउन सकिरहेको छैन
हाम्रा पुर्खाहरु कहन्थे
मृत्यूशैय्यामा मात्र सबैबाट माया पाइन्छ
मिष्ठान्न भोजन र पिउने पाइन्छ
जीवनमा गाली पाउनेले पनि
त्यसबेला मात्र मीठो बोली पाउँदछ
दुश्मनको माया-दया पाउँदछ
आज मेरो दु:खमा रुने कोही छैन
सुखमा हाँस्ने कोही छैन
साथमा साथ दिने पनि कोही छैन
हातमा हात मिलाउने पनि कोही छैन
अहिले म अति गरीब छु
तर त्यसबेला अति नै धनी हुनेछु
जब मेरो मृत्युमा रुनेहरु भेटाउनेछु
आज म प्रति डाहा गर्नेहरु हो!
एउटा कुरा दिमागमा सजाऊ त
मेरो सबै लुटेर पनि तिमीलाई पुग्दैन।
Saturday, 10 November 2018
शीर्षकविहीन अधुरो कविता
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment