Friday, 12 January 2018

मेरो फेवा रारा

केटा:-मेरो फेवा रारामा डुंगा ख्याउनु तिमी
केटी:-ताल तरी सुटुक्क मनमा आउनु तिमी।

केटा:-जिन्दगीको गहिराइमा संगै डुब्न जाऔंला
केटी:-पिरतीको हिरा-मोती टिपीकन आऔंला
केटा:-जवानीको आगो बाल्छु,दाउरा ल्याउनु तिमी
केटी:-भित्ता म नै सजाउँछु,छाना छाउनु तिमी।

केटा:यौवनको फूलबारीमा तिमी फूल हुनु
केटी:-गोडमेल गर्न लाई तिमी माली हुनु
केटा:-रोएको त सुहाउँदैन,मुस्कुराउनु तिमी
केटी:-ढुकढुकीको संगीतमा गीत गाउनु तिमी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...