बुद्धम् शरणम् गच्छामी
संघम् शरणम् गच्छामी
धंमम् शरणम् गच्छामी
मुलमन्त्र जप्छौं हामी।
जमाएर हिरा मोती
धेरै कमायौं सम्पत्ति
मनमा अनेकौं पाप
मर्या छैन अझै लोभ।
आतंक नफैलाइकन
काटमार न-गरीकन
माया दिलमा राखेर
धर्म गरेर हिंड्नुछ।
स्वर्ग भन्नु कहाँ कहाँ
कमाए हो पूण्य यहाँ
यहीं देखिन्छ जूनीमा
नगरौं पाप जिन्दगीमा।
हिंडौं है सुमार्ग रोजी
कात्रोमा हुँदैन गोजी
तुरुन्तै कुमार्ग छोडी
गरौं न मुक्तिको खोजी।
गरीबलाई दया गरौं
असह्यालाई माया गरौं
बुद्ध लाई मनमा राखौं
संसारमा शान्ति छरौं।
जीवन यो दुईदिनको
धड्कन यो एकैछिनको
यो सासको भर छैन
अजम्बरी कोही हुन्न।
महल् छोडी जानुपर्छ
हात खाली जानुपर्छ
छोडौं घमण्ड त्यसैले
छोडौं दुष्ट-सोच् सबैले।
रिस दु:ख,रिस शत्रु
सहे सुख ,सहे मित्रु
केही गर्न,धेरै सोचौं
सही चुनौं,सही रोजौं।
नकारात्मक फाल्ने गरौं
सकारात्मक राख्ने गरौं
सेवा गरौं पीर मर्कामा
मिली बढौं एक अर्कामा।
No comments:
Post a Comment