Thursday, 11 January 2018

सलाम

सिंगो जिन्दगीनै सर्लक्क भास्सिने
राजनीतिको दबदबा हिलोबाट
फोहोरी खेल खेल्न छोडेर
बाहिर निस्कन सफल भएकोमा
पहिलो सलाम!

फोहोरी खेल खेल्दा
मनमा लागेका दागहरु
धोई-पखाली
सफा-सुग्घर भएर
मस्तिष्कलाई स्वास्थ र तन्दुरुस्त बनाई
मग-मग बसाउने पुष्पहरु फक्रने
साहित्यको सुन्दर बागमा
पुनः पाइला टेकेकोमा
दोश्रो सलाम!!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...