केटी:-मेरो नयनी तालैमा डुंगा ख्याउनु तिमी
केटा:-ताल तरी सुटुक्क मनमा आउनु तिमी।
केटी:-जिन्दगीको गहिराइमा संगै डुब्न जाऔंला
केटा:-पिरतीको हिरा-मोती टिपीकन आऔंला
केटी:-सजाउँछु भित्ता म,छाना छाउनु तिमी।
केटा:-आगो बाल्छु यौवनको,दाउरा ल्याउनु तिमी।
केटा:जवानीको फूलबारीमा फूल भईदिन्छु
केटा:गोडमेल गर्न लाई माली भईदिन्छु
केटी:-ढुकढुकीको संगीतमा गीत गाउनु तिमी
केटा:-सुहाउँदैन रोएको ,मुस्कुराउनु तिमी।
No comments:
Post a Comment