पानी बनी व्यथा झर्छ,गजल नसुनाउ
सहनलाई गाह्रो पर्छ,गजल नसुनाउ।
पासो झैं लाग्छ मलाई मेहफिल अचेल
मनले आत्माहत्या गर्छ,गजल नसुनाउ।
मर्मस्पर्शी स्वर सुनी गजलकार हुँला
यही एउटा ठूलो डर छ,गजल नसुनाउ।
अजर-अमर भैदिंदा रचनाकारको रचना
कोही पागलप्रेमी मर्छ,गजल नसुनाउ।
शून्यतामा रमाएको खाली यो दिमागमा
गजलले पीडा भर्छ, गजल नसुनाउ।
No comments:
Post a Comment