एस एल सी पश्चात उच्च शिक्षा हासिल गर्न असमर्थ भएपछि अर्थोपार्जन गर्न पल्लोघरे साइँला र म भारतमा भासियौं।मुश्किलले तीनतारे होटलमा भाँडा माझ्ने काम पायौं।अलि टाठो भएकोले स्तरोन्नति भएर वेटर भएँ तर बिचरा साइँला जस्ताको त्यस्तै थियो।कहिलेकाही डाहा र ईर्ष्या मिश्रित वाक्य उसको मुखबाट सुन्नुपर्यो।तर मैले उसलाई धैर्य हुनुपर्छ भनेर सम्झाएँ।हुनपनि केही महिनापछि ऊ डिस-वासर बाट हाउसकिपिङमा बढुवा भयो।
एकदिन एक्कासी प्रहरीको जत्था होटलमा आएर साइँलालाई हत्कडी लाएर लगे।उसलाई छुटाउने यत्न गरें।यथार्थ बुझ्दा उसले गेस्टको पैसा चोर्न खोज्दा गेस्टले देखेर प्रतिवाद गर्दा छुरी प्रहार गरेर घाइते बनाएको रहेछ।ज्यान मार्न खोजेको अभियोगमा ऊ जेल चलान भयो।
आफ्नो साथीले नाजायज हर्कत गरेकोमा मलाई हीनताबोध भयो।म त्यहाँबाट अर्को होटलमा सरें।केही साल काम गरेपछि भारतबाट फर्केंर सानो किराना पसल राखी राजधानीमै विहे गरेर परिवारसंग बस्न थालें।
उमेरले पाको हुँदै गएँ।बालबच्चा भए।धर्मकर्मतिर मन जान थाल्यो।बाउबाजेको पालादेखि नै बुद्ध धर्म मान्दै आएको हुँदा यही धर्मप्रति लगाव हुनु स्वभाविक थियो।गुम्बाहरुमा गएर बुद्धको चरणमा परें।लामाहरुबाट आशिर्वाद र दर्शनका ज्ञानहरु ग्रहन गरें।
एकदिन हाम्रो टोलमा ठूलै हल्ला फैलियो।
"भारतबाट रिम्पोछे(ठूलो लामा) पाल्नुभएको छ रे।ओङ थाप्न(दर्शनभेट गरेर प्रसाद ग्रहन गर्न)जानुपर्छ।"
धेरै जनाको मुखारविन्दुबाट यस्तै कुरा सुनेर म पनि परिवार सहित ओङ थाप्न गुम्बामा गएँ।दर्शनभेटका लागि सयौं लामा र बुद्ध धर्मावलम्बीहरुको खचाखच भीड थियो।
केहीबेरमा रिम्पोछेको दर्शन गर्न १०/१० जनाको समुहलाई गुम्बाभित्र जाने अनुमति दिइयो।सबैले रिम्पोछेलाई खादा,माला र पैसाको खाम चढाउन थाले।उहाँले पनि माने र बोधिचित्त माला शीरमा राखेर आशीर्वचन दिन थाल्नुभयो।म भन्दा अगाडिका दर्शनार्थीहरुले निहुरिएर आशिष् ग्रहन गरे।रिम्पोछेको अनुहार देख्नेबित्तिकै उहाँलाई पहिल्यै कतै देखे झैं लाग्यो।पालो आएपछि मेरो शीरमा पनि माने र बोधिचित्त माला राख्न खोज्दै हुनुहुन्थ्यो।म ननिहुरेको देखेर उहाँ पनि छक्क परेर मलाई हेर्नुभयो।हेराहेर भयो।नभन्दै उहाँलाई मैले राम्रैसंग चिनेको रहेछु।मेरो मुखबाट अचानक फुस्किहाल्यो-"साइँला!"
उहाँले मैले मात्र सुन्ने गरी सुस्तरी भन्नुभयो-"कसैलाई नभन,आधा-आधा बाँड्नुपर्छ।"
Sunday, 21 January 2018
आधा-आधा
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment