Monday, 22 January 2018

मेरो गिदी खाएर पुगेन है तिमीलाई?

मेरो गिदी खाएर पुगेन है तिमीलाई?

मुटु-कलेजो झिकी
भक-भक उसिनेर
पर्परी भुट र
मेरै रक्तको दाल बनाएर
बास्मती चामलको भात सित
मीठो मानेर खाउ।

मेरो गिदी खाएर पुगेन है तिमीलाई?

हड्डीहरु निकालेर
ठूल्ठूला टुक्राहरु पार
प्रेसरकुकरमा दुई-चार सिट्ठी लाउ
पुस-माघको जाडोमा सुप बनाएर
कचौरा भरी-भरी राखेर
सुरुप्प-सुरुप्प पिइदेउ।

मेरो गिदी खाएर पुगेन है तिमीलाई?

छातीको मासु तारी
दनदनी आगो बालेर
तप्प-तप्प बोसो चुहुँदै
मज्जाले सेकुवा पोल र
कुखुराको साँप्रा झैं लुछेर खाउ।

मेरो गिदी खाएर पुगेन है तिमीलाई?

मेरो फलमासु ख्वाप्प-ख्वाप्प काटी
कराइमा शुद्ध तोरीको तेल खारेर
झ्वाँइ-झ्वाँइ पारेर
फ्राइ गरेर रोस्ट बनाउ र
वाइन सित
सितनको रुपमा क्वाप्प-क्वाप्प खाउ
धेरै मजा आउनेछ।

मेरो गिदी खाएर पुगेन है तिमीलाई?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...