Saturday, 13 January 2018

आगो र पानी

शीघ्र मिलनको स्वप्न बुन्दै
उनको एक पित्को आशा
देब्रे आँखा सरी फर्फराउँदैछ।

उसले सुस्त स्पर्श गरेको
एक डोको कल्पना बोकेर
उनको जवानीको आगो भर्भराउँदैछ।

उनी चाहन्छे
दन्किरहेको आगो निभाउन
तन/मनमा लागेको डढेलोलाई
पूर्णरूपमा निस्तेज पार्न
आफ्नो दमकल आओस्।

एकपल्ट उनको मानसपटलमा
अतीतले आतंक मच्चाउँछ
ती क्षण र कृयाकलापलाई
वर्तमान सम्झिंदा
सहिष्णुताले पराकाष्ठा नाघ्छ र
उनको चाह स्खलित हुन्छ।

आगोलाई पानीले निल्छ
आशाको दियो निभ्छ
एक युगको सुस्केरा संगै
भोलिको कर्म सम्झेर
एकजोर आँखालाई
लोरी सुनाउन थाल्छे।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...