तिम्रो मेरो भाग्य लेख्ने विधातालाई सलाम छ
हामीलाई जन्म दिने बा-आमालाई सलाम छ।
यदि आगो भएँ भने पानी बनी दिनु तिमी
कैल्यै माया नरित्तिने खानी बनी दिनु तिमी
गाउँघर,नदी,वन र पाखालाई सलाम छ
हामीलाई जन्म दिने बा-आमालाई सलाम छ।
तिमीलाई ठेस लागे पत्थर हटाइ दिउँला
मनले खाको मान्छेलाई दिलमा सजाइदिउँला
धर्ती,आकाश,चन्द्रमा र तारालाई सलाम छ
हामीलाई जन्म दिने बा-आमालाई सलाम छ।
No comments:
Post a Comment