हे लौरी टेकेर
स्याँ स्याँ गर्दै आएँ डार्लिङ तिम्लाई देखेर।
केटा
जाम भएको शरीर नि तंरिन्छ
टुसा पलाई प्रेमको रुख उम्रिन्छ
हे लौरी टेकेर
लौरी टेकी आएँ म त तिम्लाई देखेर।
केटी
दाह्री जुँगा फुलेर सेतै छ
तर पनि त्यो मन यतै छ
लौरी टेकेर
खुशी हुनुपर्दैन है मलाई देखेर।
केटा
सबले माया लगाउन पाईन्छ
बुढेसकालमा एउटी त चाहिन्छ
लौरी टेकेर
मासुभातै छोडी आएँ तिम्लाई देखेर।
केटी
नाति पनाती घरमा राखेर
माया लाउँछौ लाजै पचाएर
लौरी टेकेर
गाली दिन मन लाग्छ तिम्लाई देखेर।
केटा
उमेर मिल्ने संगीनी देखेर
बूढो हड्डी आउँछ तातेर
लौरी टेकेर
पहिलो भेटमै माया बस्यो तिम्लाई देखेर।
केटी
धर्म गर्ने उमेरमा लब गर्छौ
इज्जतको ख्याल पनि गर्दैनौ
लौरी टेकेर
कंचट त्यसै ताती आउँछ तिम्लाई देखेर।
केटा
माया गर्न उमेरले छेक्दैन
अन्धो हुन्छ मायाले देख्दैन
लौरी टेकेर
धरोधर्म माया लाग्छ तिम्लाई देखेर।
केटी
खुरापाती रहेछौ ए बूढो
हेर्दाखेरी देखिन्छ क्या सुधो
लौरी टेकेर
झापट लाउन मन लाग्छ तिम्लाई देखेर।
केटा
सहन्छु म मायाले हाने त
आऊ प्यारी कि म्वाई खाने त
लौरी टेकेर
तिम्रो नाम राखिसकें दिलमा लेखेर।
केटी
माया लाउन मलाई नि रहर लाग्छ
तर पनि समाजको डर लाग्छ
लौरी टेकेर
समाजले थु थु भन्लान् हाम्लाई देखेर।
केटा
आऊ प्यारी मेरो नै पर भर
माया भए हामीलाई केको डर
लौरी टेकेर
कथाकारले कथा लेख्लान् हाम्लाई देखेर।
केटी
३/२० पुग्यो के माया लाउनु र
प्रेमको चिनो कहिले पाउनु र
लौरी टेकेर
लाजै लागिसक्यो कठै आफैं देखेर।
केटा
चोखो माया कहिल्यै नि मर्दैन
माया पाए केही पाउनु पर्दैन
लौरी टेकेर
चोखो माया छेकिंदैन केहीले छेकेर।
केटी
बूढाबूढी मिलेर बे गरौं
समाजले लेखेटे के गरौं
लौरी टेकेर
लब यु भन्न मन लाग्यो तिम्लाई देखेर।
केटा
बिहे गरौं देखाई तमासले
केही सिकोस् यो हाम्रो समाजले
लौरी टेकेर
एउटा पाठ सिक्नेछन् हाम्लाई देखेर।
No comments:
Post a Comment