बिद्रोहको रंग पोतौं चुलो चौकाबाट
चेतनाको गीत गाऔं मेलापातबाट
उमंगको किरण छर्यो पूर्वको लालीले
छकाउन सक्ने छैन फटाहा जालीले।
कराईको मैलो हैन कुरीति पखालौं
झाडु कुचो मात्र हैन कलम समाऔं
अशिक्षाको कालो मेघ फाटौं ज्ञान छरौं
कार्यलय,अदालत सबै कब्जा गरौं।
पुरुष हाम्रा शत्रु हैनन्,तर पक्षपाती
सचेत भै हिंड्नुपर्छ,होलान् विश्वासघाती
रक्सी पिई पिट्ने खाले हुन्न जीवनसाथी
ढोका खोल्ने बानी छोडौं आए मध्यराती।
No comments:
Post a Comment